अर्थतन्त्रलाई सुधार्छौं : अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ–संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताए ।

चुनौती रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ ।

‘मुलुकको अर्थतन्त्र यतिबेला संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि हामीले धेरै ठूलो मिहिनेत गर्नुपर्ने छ । आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्छौं,’ पौडेलले भने ।





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार २१:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया