प्रचण्ड प्रधानमन्त्री बनेपछि गगनको प्रतिक्रियाः प्रचण्ड बेइमानी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका पनि सांसद भएको बताउँदै उनले अर्को गठबन्धन बनाउन खोज्नु उनको बेइमानी भएको बताएका छन् ।

‘मतदातामाथिको धोका, बेइमानी हो यो,’ उनले भनेका छन्, ‘प्रचण्ड नेपाली कांग्रेसका पनि सांसद हुन्, उनलाई नेपाली कांग्रेसले पनि मत हालेर सांसद बनाएको हो ।’

तर, प्रचण्ड यसरी अर्को गठबन्धन बनाएर प्रधानमन्त्री हुनु माओवादीले गरेको बेइमानी भएको उनले बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा आफूले प्रधानमन्त्री हुन नपाउने भए पछि प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन बनाएर प्रधानमन्त्रीको सपथ लिइसकेका छन् । उनलाई नेकपा एमालेसँगै अन्य पाँच दलले पनि समर्थन गरेका छन् ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ५:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया