पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रोल्स रोयस कार उपहार पाएका छन् । उनलाई प्रेमिका जर्जिना रोड्रिगेजले रोल्स रोयस कार क्रिसमस डेको अवसरमा उपहार दिएकी हुन् ।
रोनाल्डोले आफ्नो इन्स्टाग्रामको स्टोरीमा जर्जिनालाई सम्बोधन लेखेका छन्, ‘धन्यवाद प्रिय ।’ जर्जिनाले सार्वजनिक गरेको भिडियोमा गाडी देखेसँगै रोनाल्डोले आश्चर्यजनक भाव प्रकट गरेका देखिन्छन् ।
रोल्स रोयस श्रृंखलाको फ्यान्तम मोडेलको गाडीको मूल्य नेपाली बजारमा करिब ६ करोड १७ लाख रुपैँयाबाट सुरु हुने गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।