ताइवानको आकाशमा दर्जनौँ चिनियाँ लडाकू विमान

२४ घण्टाको अवधिमा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकू विमान र सातवटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । 

अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामर्थ्य प्रदर्शन गरेको अनुमान गरिएको छ । 

चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । चीनले आइतबार र सोमबार लडाकू तथा फाइटर विमान र ड्रोन पठाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । 

ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निगरानी गरिरहेको बताएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ७:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया