नेपाल टी–२० लिग : लगातार तेस्रो जितको खोजीमा लुम्बिनी

पहिलो संस्करणको नेपाल टी–२० लिगमा मंगलबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

लुम्बिनी पोखरालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । उसले पहिलोमा फारवेस्ट युनाइटेडलाई ६७ तथा दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । लुम्बिनी २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पोखरा जारी लिगमा पहिलो जितको खोजीमा छ । ऊ पहिलोमा खेलमा काठमाडौं नाइट्स र दोस्रो म्याचमा जनकपुर रोयल्ससँग पाराजित भयो । अंकविहीन रहेको पोखरा तालिकाको पुछारमा रहेको छ । आज नै हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

यी दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट त्रिवि मैदानमै सुरु हुनेछ । पछिल्लो दुई खेलमा लगातार जित हासिल गरेको जनकपुर काठमाडौंलाई पनि हराउन चाहन्छ । उसले पहिलोमा पोखरा र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

विराटनगर पहिलो जितको खोजीमा छ । उसले पहिलोमा लुम्बिनी र दोस्रो खेलमा जनकपुरसँग हार बेहोरेको थियो । अंकविहीन रहेको विराटनगर तालिकाको पाँचौं स्थानमा छ ।

६ टिमले प्रतिस्पर्धा गरिरहेको लिगको फाइनल यही २७ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गरिहेको लिग विजेता टोलीले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ७:५३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया