आजको मौसम : प्रदेश-१ र गण्डकीमा हिमपातको सम्भावना
फरकधार / १२ पुस, २०७९
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण बिहान तराई क्षेत्रमा हुस्सु लागेको र पहाडी क्षेत्रको मौसम बदली रहेको छ ।​



मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश–१ र गण्डकीका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । 

आज राति पहाडी भू–भागमा आंशिक बदली हुने र प्रदेश–१ का हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ ।  





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ८:८:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया