चीनले जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने

चीनले ८ जनवरीदेखि अन्तर्राष्ट्रिय पर्यटक तथा यात्रीहरुलाई क्वारेन्टाइनमा बस्नु पर्ने नियमलाई खारेज गर्ने भएको छ । यो चीनमा केही वर्ष यता कोरोनाभाइरस संक्रमण देखिएपछि चालिएको सबैभन्दा ठूलो कदम भएको बताइएको छ ।

तीन वर्षसम्म चीनले आफ्ना सीमाहरु बन्द गरेको थियो । जो योबीचमा चीन पुगेका थिए, उनीहरुले क्वारेन्टाइनमा केही समय बस्नु पर्ने थियो ।

पछिल्लो समय चीनले अब सीमाहरु खुला रुपमा सन्चालन गर्ने भने पनि त्यहाँ कोरोनाभाइरसका संक्रमितको संख्या बढिरहेको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार त्यहाँका अस्पतालहरुमा पछिल्ला दिनमा बिरामीको संख्या बढ्दो छ । त्यस्तै, वृद्धहरुको मृत्यु बढी भइरहेको पनि जनाइएको छ । 

तर, चिनियाँ सरकारले अब त्यहाँ नयाँ संक्रमितको संख्याको जानकारी दिन छाडेको छ । शुक्रबार अन्तिम पटक नयाँ तथ्यांकबारे जानकारी दिएको चीनले त्यो दिन मात्र ४ हजारभन्दा बढीमा संक्रमण देखिएको जनाएको थियो ।





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ११:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया