६ महिने कार्यकालमा धेरै उपलब्धि हासिल गरे : निवर्तमान मन्त्री खापुङ
फरकधार / १२ पुस, २०७९

निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धि भने भएको बताएका छन् । 



आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो ६ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन् उपलिब्ध भने भएका छन् ।’ 

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए ।



‘मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ,’ मन्त्री खापुङले भने, ‘यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।’  



  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १३:५४:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया