जापानमा तीन महिनामा चार मन्त्रीले दिए राजीनामा

आर्थिक अनियमितताको आरोप लागेपछि जापानका पुनर्निर्माण मन्त्रीले मंगलबार राजीनामा दिएका छन् । योसँगै उनी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन् ।

आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माण मन्त्री केन्या अकिबाले पत्रकारहरूसँग भने, ‘मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन ।’  

आफ्नो कार्यकालको सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका बेला प्रधानमन्त्री किशिदाको मन्त्रिमण्डलका चौथो व्यक्तिको राजीनामा आएको हो । सांसदहरू र एकीकृत चर्च सम्प्रदायबीचको सम्बन्धको बारेमा एकपछि अर्को घोटाला र खुलासापछि नागरिकको क्याबिनेटबाट बढ्दो रूपमा मोहभङ्ग भएको हो ।

गत महिना आन्तरिक मामिला मन्त्रीले चुनावी अभियानको आर्थिक अनियमितताको आरोपमा राजीनामा दिएका थिए । अक्टोबरमा, आर्थिक पुनरुत्थानमामिला मन्त्रीले एकीकृत चर्चसँग सम्बन्ध रहेको आरोपपछि राजीनामा दिएका थिए ।   





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १४:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया