जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदा रहेका छन् ।
बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका सदाको मृत्यु भएको हो ।
बुधबार बिहान साढे ९ बजे बैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको हो । सदाको शव पोस्टमार्टमका लागि जनकपुर लाइएको छ भने रेल जनकपुर पुगेर पुनः जयनगर फर्किसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।