प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । केही बेरअघि प्रचण्ड निवास खुमलटारमा सकिएको छलफलमाा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
‘समसामयिक विषयवस्तुमाथि छलफल भयो । भर्खरै सरकार गठन भएको छ । त्यसलाई अब अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ प्रचण्डसँगको छलफलपछि ओलीले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा भने ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री र ओलीबीच सरकारका नीति कार्यक्रम र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
‘सरकारमा नीति कार्यक्रम के बनाउने र कसरी जाने र सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विहङ्गम छलफल भयो ।
त्यस्तै, बिहीबार सत्ता साझेदार बालुवाटारमा दलका शीर्ष नेताहरूबीचको बैठक बस्ने पनि मल्लले जानकारी दिए । उनका अनुसार मन्त्रालय भागबन्डा र प्रदेश सरकारको नेतृत्वको विषयमा औपचारिकरूपमा गठबन्धनका नेताहरूबीच भोलि छलफल हुनेछ ।
ओलीसँग कुराकानी गर्नुअघि प्रचण्डले आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । भेटमा सरकारलार्य समर्थन र सहभागिताका विषयमा कुराकानी भएको मल्लले बताए ।
प्रचण्ड–नेपालबीच सकारात्मक छलफल भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।