कांग्रेस गण्डकीकाे संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा गाेरखाका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । 

बुधबार भोजराज अर्याललाई १० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । संस्थापन पक्षका पाण्डेले १८ मत पाउँदा इतर पक्षका अर्यालले ८ मत मात्रै ल्याए । 

पाण्डे गोरखा २ (ख) बाट निर्वाचित भएका हुन्  भने अर्याल स्याङ्जा २ (क) बाट निर्वाचित भएका थिए । एक मत बदर भएको बताइएको छ । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसका २७ सांसद छन्। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा नौ सिट पाएको छ। 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १७:३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया