नेपाल राष्ट्र बैंकले ४५ दिनका लागि ५ अर्ब रूपैयाँ कर्जा सापटी दिने भएको छ । बजारमा तरलता अभाव भएसँगै सोको सहजताका लागि केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन कर्जा सापटी दिने भएको हो ।
पुस १४ गते अर्थात् बिहीबार जारी हुने रिपोका लागि बुधबार नै सार्वजनिक बोलकबोल हुने बैंकले सूचनामार्फत जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस १४ गते दिउँसो २ बजेसम्म आवश्यक रिपोका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम १० करोडदेखि ५ करोडले भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । रिपोको बाँडफाँड भने बिहीबार दिउँसो सवा २ बजे हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।