पूजा शर्मा चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएकी छिन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई महिला चलचित्र सशक्तीकरण समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

महिला चलचित्रकर्मीको हक, अधिकार, आधिकारिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउनका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा अभिनेत्री शर्मालाई सदस्य बनाइएको हो । शर्मा करिब एक दशकयता कलाकार तथा निर्माताको रुपमा नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् ।

यसैगरी, विकास बोर्डले फिल्मकर्मी गोविन्द शाही तथा गोपालकाजी कायस्थलाई पनि सदस्य पदमा मनोनित गरेको छ । फिल्म वितरकद्वय शाही तथा कायस्थलाई चलचित्र विकास बोर्ड सल्लाहकार समितिको सदस्यमा मनोनीत गरिएको छ ।





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १७:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया