एमबाप्पेको निर्णायक गोलमा पिएसजीको रोमाञ्चक जित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित हात पारेको छ । गएराति पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पिएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले एक/एक गोल गरे । स्टार्सवर्गले उपहार गोल पायो ।

खेलमा पिएसजीले १४ औं मिनेटमा मार्किन्हसको गोलबाट सुरुआती अग्रता लिएको थियो । नेयमारको फ्रिकिकलाई सदुपयोग गर्दै उनले हेडरमार्फत सुन्दर गोल गरे । ५१ औं मिनेटमा भने मार्किन्हसले आत्मघाती गोल गरे । त्यसपछि खेल १–१ को रोमाञ्चक अवस्थामा आयो । आत्मघाती गोल गरेको दुई मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड पाउँदै नेयमार मैदानबाट बाहिरिए ।

उनले पहिलो पहेँलो कार्ड ६१ औं मिनेटमा पाएका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।

योसँगै शीर्षस्थानमा रहेको पिएसजीले १६ खेलबाट ४४ अंक जोडेको छ । पराजित स्टार्सवर्ग ११ अंकका साथ तालिकाको १९ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ७:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया