प्रिमियर लिगमा सिटीको सहज जित, हालान्डले बनाए नयाँ रेकर्ड

इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडविरुद्ध म्यानचेस्टर सिटी ३–१ ले विजयी भएको छ । एलान्ड रोडमा आज बिहान सम्पन्न खेलमा सिटीको जितमा एर्लिङ हालान्डले दुई र रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ६४ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

योसँगै उनले प्रिमियर लिगमा सर्वाधिक छिटो २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले १४ खेलमा २० गोल पूरा गरे । यसअघि यो कीर्तिमान इंग्लिश पूर्वखेलाडी केविन मार्क फिलिप्सको नाममा थियो । उनले २१ खेलमा प्रिमियर लिगमा २० गोल गरेका थिए ।  

खेलको ७३ औं मिनेटमा पास्कलले गोल गरे पनि लिड्सले हार टार्न सकेन । यो जितसँगै म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको १५ खेलमा ३५ अंक भएको छ । 

शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलमा ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स युनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ । 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ८:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया