बिहीबार प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावको प्रभावले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश–१ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।
विभागले आगामी २४ घण्टा देशको प्रदेश–१ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव १ डिग्री सेल्सियस छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।