लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा आशिषकुमार चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरी चयन भएका छन् । काठमाडौंमा बसेको संसदीय दलको बैठकले रूपन्देही–१ (ख) बाट निर्वाचित चौधरीलाई दलको नेता छानेको हो ।

चौधरीका अनुसार दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी छ । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खाण ठकुरी विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले रूपन्देही–३ (क) बाट विजयी भएका सन्तोष पाण्डेलाई दलको नेता छानेको छ । प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले भने नेता चयन गर्न बाँकी छ । 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ११:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया