सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । योसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ तोकिएको छ ।

बुधबार सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ छ ।

बुधबार तेजाबी सुन १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० ले घटेर १ हजार ३ सय ८० रुपैयाँ तोकिएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ११:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया