प्रभु साहकाे नेतृत्वमा नयाँ पार्टी घोषणा भएकाे छ । साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साह एमाले र माओवादी आ–आफ्नो अस्तित्वमा फर्किंदा एमालेमै थिए ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले एमालेकाे टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।