भीम रावल र घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे माधव नेपालकाे दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेका नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा आउन तयार रहेको खुलासा गरेका छन् । 

अर्का एमाले नेता भीम रावलसँग पनि छलफल हुन लागेको उनले बताए । उनले आफू राष्ट्रपति बन्न लागेकाे भन्ने बाहिरी हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाब दिए । 

बिहीबार पार्टी जनवर्गीय संगठनको भर्चुअल बैठकमा बाेल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई अझै संगठित बनाउन सकिने बताए । 

आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको उनले स्पष्ट गरेका छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १९:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया