लमजुङमा जिप दुर्घटना : एकको मृत्यु, ८ घाइते

लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्गनजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जिपमा सवार दुईजना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् ।

घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार २०:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया