कार्यविधिविपरीत खटिएका ३१ प्रहरी चालक फिर्ता

कार्यविधिविपरीत खटिएका ३१ जना प्रहरीका चालक गृह मन्त्रालयको निर्देशनपछि  फिर्ता भएका छन् । 

गृह मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरुले नियम विपरित प्रहरीबाट चालक सुविधा लिइरहेको गुनासो थियो । 

गृहमन्त्री रवि लामिछानेको आदेशपछि गृह मन्त्रालयले बिहीबार पत्र नै पठाएर प्रहरी मुख्यालयमा चालक फिर्ता पठाएको हो ।

गृहमन्त्रालयका सहसचिव, उपसचिव र पहुँचवाला कर्मचारीले प्रहरी मुख्यालयबाट लिएका चालक फिर्ता गरिएको हो ।

मन्त्री लामिछानेले नियमविपरीत खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्नसमेत निर्देशन दिइसकेका छन् । उनको निर्देशनपछि १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार २१:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया