माओवादीका सांसदद्वय कर्ण र हैदर शपथ लिनबाट किन भए वञ्चित?

मधेस प्रदेश सभामा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर शपथ लिनबाट वञ्चित भएका छन् । 

उनीहरू दुबैजना प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट वञ्चित गरिएको हो । 

समानुपातिक सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गतेको अल्पकालिन अन्तरिम आदेश जारी भएकोले ति दुबैजनाको शपथग्रहण सम्बन्धी कार्य हाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
 
सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरबिच पार्टीभित्र मर्यादाक्रमको विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १५:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया