सलमान खानले बलिउडमा फेरि नयाँ अनुहार ल्याए

एजेन्सी– बलिउड अभिनेता सलमान खानले बारम्बार बलिउडमा नयाँ नयाँ अनुहारलाई प्रवेश गराइरहेका छन् । केही दिनअघिमात्र उनले बलिउडमा नयाँ अनुहार जहीर इकलाब ल्याउन खोजिरहेको जनाएका थिए । अब इकलाबको ठूलो पर्दामा आउने चाहना पनि पूरा भएको छ । र, उनको पहिलो फिल्म नोटबुकको पहिलो लुक सलमान खानले सेयर गरेका छन् । 

सलमानले ट्विटरमा फिल्म नोटबुकको पोस्टर सेयर गरेका हुन् । उनले यो सेयर गर्दै ट्विट गरेका छन्, ‘के कहिल्यै नभेटी पनि प्रेम हुनसक्छ ?’ यो फिल्म २९ मार्चमा रिलिज हुने र १७ फ्रेबुअरीमा यसको ट्रेलर आउने सलमान खानले जानकारी पनि दिएका छन् । 

केहीदिनअघि मात्र सलमानले इकबालको फोटो सुट पनि गराएका थिए । इकबाल र सलमानका बाबुहरु एकअर्काका पुराना साथीहरु हुन् ।

 

 





  • प्रकाशित मिति : फागुन २, २०७५ बिहीबार १९:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया