राजदूतमार्फत चिनियाँ समकक्षीले दाहाललाई दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् । नेपालका लागि चिनियाँ राजदूत ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रचण्डसँग शिष्टाचार भेट वार्ता गर्दै बधाई सन्देश प्रदान गरे । 

प्रधानमन्त्री कार्यालयले जानकारी दिएको जानकारी अनुसार सिडिए वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश हस्तान्तरण गरेका हुन् ।

एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई पदमा नियुक्त भएकै दिन दुवै छिमेकी देश भारत र चीनले बधाई दिएका थिए ।

प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् ।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १७:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया