विद्यालयको हिरक महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै
फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो  सार्वजनिक कार्यक्रममा जान लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्ने तय भएको छ । 

प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । 





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार ९:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया