बालुवाटारमा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृह मन्त्री लामिछाने बीच समसामयिक विषयमा छलफल भएको बताए ।
उनले सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको बताउँदै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताएका छन् ।
सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।