गगन–विश्वको एक स्वर : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले पार्टीमा भएका कमजोरीलाई खुला र पारदर्शीरुपमा छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै उनीहरुले कमजोरीको ढाकछोप गर्न नहुने उल्लेख गरेका छन् । 

उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताउदै गल्तीको ढाकछोप नभएर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । 

शुभकामना सन्देशमा भनिएको छ, ‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने।’

हेर्नुहोस् महामन्त्रीद्वयले दिएको शुभकामना सन्देशको पूर्णपाठ  





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १३:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया