तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए ।
कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा पनि गरे । प्रधानमन्त्रीको शपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उनले बताए ।
साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाई सुशासन कायम गर्ने पक्षमा रहेको उनले बताए । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।