पूर्णबहादुर खड्काले भने– डा. प्रकाशशरण महतले मलाई झम्टिएका होइनन्

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूमाथि डा. प्रकाशशरण महतले हातपात गरेको वा झम्टिएको भन्ने विषयमा मिडिया र सामाजिक सन्जालमा आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

यसअघि तत्कालीन गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार नेतृत्वमा पहिलो पाली दिने कि नदिने भन्ने विषयमा कांग्रेसमा भएको छलफलमा यी दुई नेताबीच कुटाकुट समेत भएको समाचार बाहिर आएका थिए । 

तर, खड्काले यसको खन्डन गरेका छन् । 

उनले सामाजिक सन्जाल ट्विटरमा यो विषयमा आएको समाचार सत्य नभएको बताएका हुन् । उनले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । 

साथै, खड्काले आफूहरुबीच केही मुद्दामा भने फरक तरिकाले बहस भएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १७:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया