‘माधवकुमार नेपाल राष्ट्रपति बन्न आतुर छन्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न आतुर भएको छनक दिएका छन् । यो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा उनले गठबन्धन भत्किनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कमजोरी रहेको पनि बताएका थिए ।

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य बैठकले आइतबारसम्म सरकारमा जाने या नजाने विषयमा निर्णय गर्ने भनिएको छ ।

पछिल्लो समय नेकपा एमालेबाट नै नेकपा एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग एकीकरण गर्न प्रस्ताव आएको र यो प्रस्तावसँगै माधवकुमार नेपाललाई राष्ट्रपतिको अफर आएको बताइएको छ ।

त्यसो त माधवकुमार नेपालले अहिले आफू राष्ट्रपति बन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएका छन् । 

शनिबारको बैठकमा अहिले अरु कुनै पार्टीसँग एकताको विषयमा कुनै छलफल नभएको यो पार्टीका एक नेताले बताए । ‘अहिले एकताको कुनै पनि चर्चा वा छलफल भएको छैन,’ ती नेताले भने, ‘तर, यसो बुझ्दा माधवकुमार नेपाल राष्ट्रपति बन्न आतुर भएको देखियो ।’



उनले नेपालले नयाँ पार्टी गठन गर्दा आफूहरुले एमाले छाडेर साथ दिएको तर आज नेपालले आफूहरुमाथि नै अन्याय गरेको आरोप पनि लगाए । ‘हिजो एमालेले गलत गरेको छ भनेर हामी त्यो बाटो हिँड्न अस्वीकार गर्ने र आज राष्ट्रपतिका लागि आफू पछाडि लागेका सबैलाई कमजोर बनाउने मनस्थितिमा नेपाल पुगेको बुझिन्छ,’ एकीकृत समाजवादीका ती नेताले भने, ‘हामीले पदका लागि मात्रै नयाँ पार्टी गठन गरेका रहेछौँ । यो स्वीकार्य छैन ।’



  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १७:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया