धादिङको थाक्रेमा दुईवटा माइक्रोबस ठोक्किँदा २२ जना घाइते भएका छन् । थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा दुर्घटना भएको हो ।
काठमाडौंबाट गोरखाका लागि छुटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र नजिकका अन्य अस्पतालमा उपचार गरिएको छ । केही घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सातजना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा ३ जना, ट्रमा सेन्टर काठमाडौंमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।
बा ३ ख ६१६४ नम्बरको माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।