कपिलवस्तुमा दुर्गेश थापामाथि स्टेजमै आक्रमण
फरकधार / १६ पुस, २०७९

कपिलवस्तुमा कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। सातौँ चन्द्रौटा महोत्सवमा  ‘स्टेज परफर्म’का क्रममा शनिबार उनीमथि आक्रमण भएको हो । 



मञ्चमा दुर्गेशले प्रस्तुति दिँदै गर्दा उनीमाथि ढुंगा प्रहार भएको थियो । आक्रमण भएपछि उनको प्रस्तुति रोकी महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पल शाह प्रकरणमा विवादमा आएका थापालाई शाहका समर्थकले ढुंगा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ।



व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।



  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार २०:६:५,   अन्तिम अपडेट : पुस १६, २०७९ शनिबार २०:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया