एमालेसँग एकता गर्ने विषयमा एकीकृत समाजवादीका नेताहरुबीच मतभिन्नता

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । 

आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन् । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरुबीच मतभिन्नता देखिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लोपटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरे ।
  
पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको बृहत् छलफल गर्नुपर्ने उनको भनाइ थियो । 

महासचिव डा. बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरे । पार्टीले पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टी निकट संगठन, शुभेच्छुकसँग सुझाब लिएको छ । 

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्टीले उल्लेख्य सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धि हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै संगठन सुदृढीकरणमा लाग्नुपर्ने सुझाब दिएका छन् ।





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार २०:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया