पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
फरकधार / १७ पुस, २०७९

सरकारले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि विमानस्थल सञ्चालन ल्याउन लागिएको हो ।



विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे उद्घाटन गर्दैछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमका अनुसार फेब्रुअरी २३ देखि यो विमानस्थलबाट दैनिक १८ घण्टा उडान हुनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७ देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।  





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ७:४०:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया