अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा स्पानियोलसँग बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा स्पानियोलसँग बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको सातौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई १–१ को बराबरीमा ल्याए । खेलमा रेड कार्ड पाएपछि दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

७८ औं मिनेटमा जोर्डी अल्बाले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । ८० औं मिनेटमा भिनिसीएस सौजाले दोहोरो पहेँलो कार्ड पाएपछि स्पानियोल पनि १० खेलाडीमा सीमित भएको थियो । 

बराबरीमा रोकिए पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १५ खेलमा ३८ अंक जोडेको छ । १३ अंक जोडेको स्पानियोल १६ औं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ७:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया