उत्तर कोरियाले गर्‍यो तीनवटा क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तर कोरियाले छोटो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । 

प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा  ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको सम्बन्ध थप बिग्रिएको छ ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले शनिबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको अन्तर्देशीय क्षेत्रबाट तीनवटा प्रक्षेपण  भएको बताएका छन् । 

ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानबीचको पानीमा अवतरण गर्नुअघि करिब ३५० किलोमिटर पुगेका बताइएको छ । परिक्षण गरिएका क्षेप्यास्त्र दक्षिणकोरियामा प्रहार गर्नसक्ने क्षमताका हुन् । 

संयुक्त चिफ अफ स्टाफले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कमजोर बनाउने बताएका छन् । उलने उत्तरकोरियाको कुनै पनि उक्साहटलाई रोक्न दक्षिणकोरिया तयार रहेको बताएको छन् । 

युएस इन्डो–प्यासिफिक कमाण्डले प्रक्षेपणलाई  उत्तरकोरियाको गैरकानूनी हतियार कार्यक्रमको अस्थिर प्रभाव भनेको छ । दक्षिणकोरिया र जापानको रक्षाको लागि अमेरिकी प्रतिबद्धता अटल रहेको कमाण्डले स्पष्ट गरेको छ ।  





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ७:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया