आज पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज पनि देशका केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो लागेको छ । सोमबार पनि प्रदेश–१ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ  । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ८:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया