त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउँदे बिदा
फरकधार / १७ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

जाडो बढेपछि त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो । 



त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । 



उनका अनुसार उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य भने सञ्चालन हुनेछ । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । 
 
त्रिविमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।  









  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ८:३७:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया