\
त्रिभुवन विश्वविद्यालयले जाडो बढेसँगै क्याम्पसमा हिउँदे बिदा दिएको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबारदेखि हिउँदे बिदा दिएको हो ।
त्रिवि कार्यकारी परिषद्ले १७ पुसदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन बताएका छन् ।
हिउँदे बिदाको समयमासमेत तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने त्रिविले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।