नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु पाँचले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।