यी हुन् आमजनता पार्टीका मधेस प्रदेशका जिल्ला संयोजक

प्रभु साह नेतृत्वको आमजनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ । 

पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए । 
उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् । 

यसैगरी, बारा संयोजकमा उमेश कुश्वाहा, सचिवमा राजकिशोर साह र इन्चार्जमा अशोक लामा छन् । रौतहट संयोजक धर्मेन्द्र पटेल, सचिव पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह तोकिएका छन् । 

सर्लाही संयोजकमा तुल्सीप्रसाद हुमागाईं, सचिवमा नविन साह र इन्चार्ज रिता देवी, महोत्तरी संयोजकमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्याम साह तोकिएका छन् । 

धनुषा संयोजकमा श्रीलाल महासेठ, सचिवमा बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठ, सिरहा संयोजकमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादव र सप्तरी संयोजकमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजादलाई तोकिएको अध्यक्ष साहले जनाए । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १७:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया