सरकारमा जान राप्रपाकाे मुख्य सर्त : पृथ्वीजयन्तिमा सार्वजनिक बिदा दिनुपर्ने

सरकारलाई समर्थन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जानका लागि सर्त राखेकाे छ । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले पुस मसान्तमा विश्वासको मत लिने तयारी गर्दै गर्दा उसले पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेकाे हाे ।

राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाएर सार्वजनिक बिदा दिनुपर्ने सर्त अघि सारेको हाे। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन पुस २७ मा बिदा दिनुपर्ने राप्रपाकाे प्रमुखमध्ये
एउटा सर्त । पुस २७ को राष्ट्रिय एकता दिवस ०६३ सालमा खारेज गरिएको थियो।

वर्तमान सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। तीमध्ये एमाले, माओवादी, रास्वपा र जनमत पार्टी सरकारमा सहभागी भइसकेका छन्। 

एमाले र माओवादीले राप्रपा र नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन्। नागरिक उन्मुक्तिले पार्टीका सल्लाहकार रेशम चाैधरीलगायतकाे रिहाइकाे माग गरेकाे छ भने एकीकृत समाजवादीमा सरकारमा जाने विषयमा नेताहरूबीच मतभिन्नता छ ।

सरकार बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुलुकको ४४ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका दाहालले पुस २९मा विश्वासको मत लिँदै छन्। 

पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भइसकेको छ।





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १८:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया