लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लीला गिरी चयन

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयनसँगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्युरो सदस्य गिरीले गर्ने सम्भावना बढेको छ ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो । 

आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् । एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । 

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए । त्यसपछि अपराह्न बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार २१:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया