नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाख पहिलो हप्तामा पार्टीको नीति महाधिवेशन बोलाउने गृहकार्य थालेका छन्।
पार्टीले केन्द्रदेखि प्रदेशसम्मको सत्ता अवसर गुमाएपछि दुई महामन्त्रीलगायत इतर पक्षले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि कांग्रेसका संस्थापन इतर पक्षले देउवाको चर्को आलोचना गर्दै आएको छ ।
पछिल्लो समय सार्वजनिक रुपमा मौन देखिएका उनले आगामी वैशाखमा नीति महाधिवेशन गर्ने तयारी थालेका हुन् ।
सभापति देउवाले निर्वाचन समीक्षा गर्नका लागि पुस २२ गतेलाई केन्द्रीय समिति बैठक बोलाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।