एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै
फरकधार / १८ पुस, २०७९

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दैछ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक आज बस्न लागेको हो । 



‘पोलिटब्यूरो बैठक बोलाइएको छ । यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ । पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ खतिवडाले भने । 

शनिबार र आइतबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक गरेको थियो । उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष निकालेको छ ।



एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो । यद्यपि एकीकृत समाजवादी राष्ट्रिय पार्टी भने बन्न सकेन । 



अहिले नेकपा एसमा वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ । 

  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार ७:३३:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया