एस्टन भिल्लाले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाविरुद्ध टोटेनहम पराजित भएको छ । आइतबार राति भएको खेलमा ऊ एस्टन भिल्लाविरुद्ध २–० ले पराजित भएको हो ।

एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक/एक गोल गरे । खेलको ५० औं मिनेटमा बुएन्डियाले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

७३ औं मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई २–० को जित दिलाए । यो जितसँगै एस्टनले १७ खेलबाट २१ अंक जोडेको छ ।

ऊ १२ औं स्थानमा रहेको छ । पराजित टोटेनहम ३० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।  





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार ८:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया