ब्राजिलका नयाँ राष्ट्रपतिमा लुला इनासियो लुला दा सिल्भाले पद तथा गोपनतीयतको शपथ लिएका छन् । उनले तेस्रोपटक ब्राजिलको राष्ट्रपतिको सपथ लिएका हुन् ।
लुलाले आइतबार कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेलगत्तै उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गरेका छन् । लुलाले दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन् ।
हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गरेका छन् । उनले चुनावी परिणाममालाई स्वीकार गरेका छैनन् ।
लुनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सफल कार्यकालको शुभकामना सन्देश पठाएकी छन् । लुनाको कार्यकालमा दुई देशको सम्बन्ध थप मजबुद हुनेसमेत राष्ट्रपति भण्डारीको विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।