प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक डाकेका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरूको बैठक डाकेका हुन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा मन्त्रालयको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको हो ।
१० पुसमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरूसँग छलफल गर्न लागेको यो पहिलोपटक हो । शपथ ग्रहणलगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।